नयाँगाउँमा खुला रक्तदान कार्यक्रम गर्दै युनाइटेड किङ्स क्लब
पाेखरा | असार ३१, २०८१
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लबले आगामी शनिबार बृहत खुला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
‘रक्तदान हो जिवनदान, यही हो ठुलो पुण्य काम, हामीले दिएको रगत नै हुन्छ कसैलाई जिवनदान’ भन्ने नारासहित विपद्को समयलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गर्न लागेको हो ।
यही साउन ५ गते शनिबार पोखरा १५ नयाँगाउँस्थित फ्रन्कलिंक एजुकेसन कन्सल्टेन्सीको प्राङ्गणमा रक्तदानको आयोजना गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
उनका अनुसार कार्याक्रम बिहान ७ बजेदेखि सुरु हुनेछ ।
प्राकृतिक प्रकोप तथा विपद्को समय भएकाले रक्तदानको आयोजना गरिएको सचिव थापाले बताए ।
उक्त कार्यक्रममा रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहनेछ ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

